आईसीयूमा भर्ना भएका नेदरल्याण्ड्सका प्रशिक्षक क्याम्पबेल कोमाबाट बाहिर
काठमाडौं । हृदयघातका कारण आईसीयू भर्ना भएका नेदरल्याण्ड्स पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्व विकेटकिपर रायन क्याम्पबेल कोमाबाट बाहिर आएका छन् । गत हप्ता हृदयघात भएपछि उनलाई लण्डनको अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।
५० वर्षीय क्याम्पबेललाई गत शनिबार हृदयघात भएको थियो । बेलायतमा परिवारसँग बस्दै आएका उनलाई छाती दुख्ने र सास फेर्न गाह्रो भएको थियो। आईसीसीले रायनका भाइ मार्क क्याम्पबेलले पर्थ रेडियोलाई दिएको बयानका आधारमा चिकित्सकले उनको मस्तिष्कमा कुनै क्षति नभएको जनाएको छ । आइसीसीले रायनको रोगको बारेमा जानकारी गराइएको थियो । उनी कोमाबाट बाहिरिएको खबर पनि आईसीसीले उनका फ्यानहरुलाई दिएको छ ।
मार्कले आईसीसीको बयानमा भने, ‘उनी अर्धचेत अवस्थाबाट बाहिरिएका छन । अहिले चिकित्सकहरुले उनको मुटुमा के गडबडी छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छ ।नेदरल्याण्ड्स टोलीको न्यूजिल्याण्ड भ्रमणपछि क्याम्पबेल युरोप फर्केका थिए । उनी सन् २०१७ को जनवरीमा नेदरल्याण्ड्सको प्रशिक्षकमा नियुक्त भएका थिए । खेलाडीको हैसियतमा उनले अस्ट्रेलिया र हङकङ दुवैको प्रतिनिधित्व गरेका थिए।

टिप्पणी लेख्नुहोस्