लेख विवरण

आईसीसी अन्डर-१९ विश्वकपको फाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने

आईसीसी अन्डर-१९ विश्वकपको फाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको फाइनल खेल भारत र इंग्ल्याण्डबीच हुँनेछ । रोमाञ्चक सेमिफाइनलमा अष्ट्रेलियालाई ३ रनले पराजित गर्दै इंग्ल्याण्डले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारत यसअघि नै फाइनलमा पुगिसकेको छ ।

पोचेस्ट्रुममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको टोली १९.५ ओभर खेल्दै ९९ रनमा अलआउट भयो। टोलीका लागि एलेक्सा स्टोनहाउसले सर्वाधिक २५ र कप्तान ग्रेस श्रीभान्सले २० रन बनाए । अष्ट्रेलियाका लागि म्यागी क्लार्क, एला हेवार्ड र सिएना जिङ्गरले ३–३ विकेट लिए ।

सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया सुरुवात खराब रह्यो । टोलीले ४ रनमै २ विकेट गुमाएको थियो । बाँकी ५९ रन बनाउदा अष्ट्रेलियाले ७ विकेट गुमाएको थियो । त्यसपछि एमी स्मिथ (२६) ले इनिङ्सलाई अन्तिम ओभरमा पुर्याइन् । तर उनी पनि टोलीको स्कोर ७७ रन हुँदा आउट भइन् । अन्तिम १७ बलमा अष्ट्रेलियालाई ४ रन आवश्यक थियो । टोलीसँग २ विकेट बाँकी थियो । तर स्कोर ९६ रन पुग्दा दुवै विकेट आउट भयो र टोली ३ रनले पराजित भयो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.