लेख विवरण

आईसीसी टी–२० वरियतामा सन्दीप र कुशलको फड्को

आईसीसी टी–२० वरियतामा सन्दीप र कुशलको फड्को

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० वरियतामा फड्को मारेका छन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरको वलिङको वरीयतामा सन्दीपले सात स्थान र कुशलले ब्याटिङमा आठ स्थान सुधार गरेका छन ।

ब्याटिङतर्फ कुशल ३१औँ स्थानमा उक्लिएका छन । यसअघि उनी ३९औँ स्थानमा थिए । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा छन । बलिङमा सन्दीप ३६औँ स्थानमा उक्लिएका हुन । यसअघि सन्दीप ४३औँ स्थानमा थिए । नयाँ वरीयताको बलिङमा अभिनाश बोहरा ८२औँ स्थानमा उक्लिएका छन । यसअघि उनी ८६औँ स्थानमा थिए ।

हालै ओमानमा भएको आईसीसी टी–२० विश्वकप ग्लेबल छनोटको प्रदर्शनका आधारमा नेपाली खेलाडीको वरीयता सुधार भएको हो । टी–२० वरीयतामा नेपाल १३औँ र एकदीवसीयमा १६औँ स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.