आईसीसी विश्वकप छनोटका लागि युएईको टोली घोषणा
काठमाडौंँ । युएई क्रिकेट टोलीको छनोट प्यानलले जिम्बाब्वेमा जुन १८ बाट सुरु हुने आईसीसी विश्वकप छनोट २०२३ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । विश्वकपका लागि छनोट खेल १० टोलीबीच हुनेछ । प्रतियोगिताको समूह ए मा नेपाल, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड र अमेरिका रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । यी सबै टोलीले भारतमा हुने आईसीसी क्रिकेट विश्वकप २०२३ मा अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा युएईको कप्तानी मोहम्मद वसीमको हातमा हुनेछ ।
आईसीसी एकदिवसीय विश्वकप २०२३ अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुनेछ। आयोजक भारतले विश्वकपमा सिधै प्रवेश पाएको छ । योसँगै न्युजिल्यान्ड, इंग्ल्याण्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिकाका टोली पनि २०२३ को विश्वकपका लागि छनोट भएका छन् । प्रतियोगितामा दुई टोली छनोट हुन बाँकी छ ।
विश्वकप छनोटका लागि युएईको टोली : मोहम्मद वासिम (कप्तान), एथान डिसुजा, अली नसीर, वृत्ति अरविन्द, रमीज शहजाद, जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, अयान खान, जुनैद सिद्दीकी, जहूर खान, संचित शर्मा, आर्यन शर्मा, कार्तिक मयप्पन र बासिल हमिद।
Destination🇿🇼 #CWCQualifier
— UAE Cricket Official (@EmiratesCricket) June 11, 2023
Go BOYS!
UAE Squad: Mohammad Waseem (c), Ethan D'Souza, Ali Naseer, Vriitya Aravind, Rameez Shahzad, Jawadullah, Asif Khan, Rohan Mustafa, Aayan Khan, Junaid Siddique, Zahoor Khan, Sanchit Sharma, Aryansh Sharma, Karthik Meiyappan, Basil Hameed. pic.twitter.com/T1ZIu8TtHs

टिप्पणी लेख्नुहोस्