लेख विवरण

आगामी टी–२० विश्वकपमा २० टोलीले खेल्ने

आगामी टी–२० विश्वकपमा २० टोलीले खेल्ने

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने सन् २०२४ को टी–२० विश्वकप यसअघिका संस्करणभन्दा फरक ढाँचामा खेलाइने भएको छ । प्रतियोगिताको मुख्य राउन्डमा अब १२ को ठाँउमा २० टोलीले सहभागिता जनाउनेछन् । पाँच÷पाँच समूहमा विभाजित भएको प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउनेछन् ।

सुपर–८ राउन्ड दुई समूह विभाजन गरिनेछ र प्रत्येक समूहमा चार–चार टोली हुनेछन् । राउण्ड रोबिन खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सन् २०२४ को विश्वकपका लागि आयोजक अमेरिका, वेस्ट इन्डिजका साथै वर्तमान विजेता इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलङ्का, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, अफगानिस्तान र बंगलादेशगरी १२ टोली छनोट भईसकेका छन् । सन् २०२२ नोभेम्बर १४ को वरियता र सन् २०२२ को टी–२० विश्वकपमा गरेको प्रदर्शनका आधारमा यी टोलीले प्रत्यक्ष प्रवेश पाएका हुन् । बाँकी आठ टोलीले विश्वकपमा प्रवेश पाउन छनोट खेल खेल्नुपर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.