लेख विवरण

आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुने

आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुने

काठमाडौं । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार, शाखा डोजो नक्सालको २३ औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही जेठ १३ गते शुक्रबार देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउनेछ ।

प्रतियोगितामा पुरुष तर्फकोजुनियर तथा क्याडेट ईभेन्टसमा –२५,–३०,३३,३५,४०,४५ र पुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,ं८४ किलोका साथै एकलकाता र महिला तर्फ जुनियर तथा क्याडेट –२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,ं६८ किलोतौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुरखपा‘गी ’ईश्वर’ ले जनाएका छन ।

दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न बिगत लामो समय देखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्रकरातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए ।

नेपालसितोरियो कराते संघ,शाखा डोजो नक्सालले यस अघि आफ्नो २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेका छन । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३ औं कार्यक्रम हो । यस प्रतियोगिताले क्षमता,योग्यता,अनुभव र दक्ष भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति राम्रोमाध्यम र गतिलो प्लेटफर्म सावित नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले बताए ।

तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित दशरथ रंगशाला राष्ट्रिय खेलकुदपरिषदको कभर्डहलमा संचालन हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.