आठ महिनापछि मैदान उत्रिएका ह्यानरीले सात विकेटलिदै गरे उत्कृष्ट प्रदर्शन
काठमाडौं । म्याट ह्यानरीले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पहिलो पारीमा ९५ रनमा अलआउट बनाएको छ । बिहीवार भएको पहिलो दिनको खेलमा ह्यानरीले उत्कृष्ट बलिङ गर्दे २३ रन खर्चेर सात विकेट लिएका थिए ।
पितृ शोकका कारण टोली बाहिर रहेका टे्रन्ट बोल्टको स्थानमा आएका ह्यानरीले करिव आठ महिनापछि टोलीमा स्थान बनाएका हुन । दक्षिण अफ्रिका बिरुद्धको उनको प्रदर्शन न्युजिल्यान्ड क्रिकेटको टेस्ट इतिहासमै तेस्रो उत्कृष्ट हो ।
आफ्नो प्रदर्शनपछि ह्यानरीले भने, 'घरेलु मैदान, दर्शक, साथी र परिवारको अगाडी उत्कृष्ट प्रदर्शन गर्नु मेरो लागि राम्रो कुरा हो ।'
न्युल्यिान्डका कप्तान टोम थोमसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ह्यानरी सहित टोलीका अन्य बलरहरुले दक्षिण अफ्रिकी टोलीलाई नराम्रोसँग ब्याकफुटमा धकेल्न सफल भए ।
पाहुना टोलीले पहिलो इनिङको लन्च बे्रक हुदा पाँच विकेट गुमाएर ४४ रन बनाएको थियो । ह्यानरी र उनका साथीहरुले पिच र हावाको गतिको फाईदा उठाए । हावाको कारण बल स्विङ हुदा पिचमा चाहेको उचाइ प्राप्त गरिरहेको थियो । त्यसकारण बलरहरुले सहि लाईन र लेन्थमा बलिङ गर्दा फाइदा भइरहेको थियो । दक्षिण अफ्रिकाले सुरुवाती चार विकेट स्लिपमा रहेका फिल्डर र विकेट किपरको हाथबाट गुमाएको थियो ।
ह्यानरीले आफ्नो पहिलो विकेटको रुपमा डीन एलगरलाई शिकार बनाएका थिए । त्यसपछि उनले एडिन मार्करम (१५) र रोसी वेन डार डुन्सा (८)लाई आउट गरेका थिए । उनले सेरल एवी (१०)लाई पनि पभेलियनको बाटो देखाए । अर्का बलर साउदीले तेम्बा बावुमालाई सात रनमा आउट बनाउदै आफ्नो एकमात्र विकेट लिए ।
जुबैर हम्जाले २५ तथा काइल वेरीले १८ रनको पारी खेले पनि दक्षिण अफ्रिकाको तर्फबाट कसैले ठुलो साझेदारी बनाउन सकेनन । ह्यानरीले कसिगो रबाडा र ग्लेनटन स्टुर्मनलाई लगातार आउट बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्