आफू महिला भएको प्रमाणित गर्न गोप्य अंग देखाउन राजी भएको ओलम्पिक च्याम्पियनको खुलासा
काठमाडौं । दुई पटकको ओलम्पिक स्वर्ण पदक विजेता क्यास्टर सेमेन्याले आफू महिला भएको प्रमाणित गर्न गोप्य अंग देखाउन राजी भएको खुलासा गरेकी छिन । यो सँगै एथलेटिक्समा लैङ्गिक परीक्षण ? भन्ने प्रश्न खडा भएको छ । दुई कमनवेल्थ स्वर्ण र तीन वल्र्र्ड च्याम्पियनसिप स्वर्ण जितेका दक्षिण अफ्रिकी धावकले भनिन्, ‘म १८ वर्षको हुँदा आफूलाई महिला भएको प्रमाणित गर्न ट्र्याक अफिसरलाई आफ्नो गोप्य अंग देखाउन राजी भएको थिए ।
एचबीओ रियल स्पोर्ट्स ब्रोडकास्टसँगको अन्तर्वार्तामा सेमेन्याले एथलेटिक्सको विश्व सञ्चालक निकायमाथि आरोप लगाउँदै भनिन्, ‘मलाई प्रतियोगितामा भाग लिनका लागि औषधि खानुपर्ने भन्दै एथलेटिक्सको विश्वव्यापी निकायले यातना दिएको थियो र जसकारण हृदयघात हुने डरले छाडेको हुँ । सन् २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा भएको घटनालाई उल्लेख गर्दै सेमेन्याले भनिन, 'त्यहाँ मैले ८०० मिटरको स्वर्ण जितें । म त्यतिबेला १८ वर्षको थिएँ र त्यो मेरो पहिलो ठूलो उपाधि थियो। तर मेरो शारीरिक बनावट देखेर सञ्चालक समितिले मलाई लैङ्गिक परीक्षणका लागि आग्रह गर्यो । ट्र्याक अफिसियलले म पुरुष हुँ भन्ने सोच्यो।
सेमेन्याले भनिन्– ‘मैले भनेँ, म एक महिला हुँ, यदि तपाईं म महिला हुँ भनेर हेर्न चाहनुहुन्छ भने मलाई मतलब छैन। म तपाईहरुलाई मेरो योनि देखाउन सक्छु ?
विश्व उपाधि जितेपछि सेमेन्यालाई अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले महिलासँग प्रतिस्पर्धा गर्न टेस्टोस्टेरोनको मात्रा घटाउने औषधि सेवन गर्न बाध्य पारेको थियो । तर उक्त निकायले अहिलेसम्म औषधि दिएको विवरण साझा गरेको छैन। टेस्टोस्टेरोन कम गर्न उनले गर्भनिरोधक चक्की खाएको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच विश्व एथलेटिक्सका वकिल जोयथन टेलरले औषधिको बचाउ गर्दै प्रमुख विशेषज्ञले उच्च टेस्टोस्टेरोनका लागि महिला खेलाडीहरूलाई यी औषधिहरू सिफारिस गर्ने गरेको बताए। यसको जवाफमा सेमेन्याले जोयथानले आफ्नो जिब्रो काटेर फ्याँकिदिनुपर्ने बताइन् ।

टिप्पणी लेख्नुहोस्