आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा नेमारलाई पेलेको बधाई
साओ पावलो । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गरेका छन। अस्वस्थताका कारण अहिले अस्पतालमा रहेका पेलेले इन्स्ट्राग्राम मार्फत विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएपछि नेमारलाई सन्देश दिएका हुन ।
उनले लेखेका छन, "मैले तिमी फुटबलमा हुर्केको देखेको छु। तिमी मेरो गोलसम्म पुगून् भनेर हरेक दिन प्रार्थना गरेको छु। जुन अन्ततः सफल भएको छ। मेरो कीर्तिमान करिब ५० वर्ष रह्यो र तिमीबाहेक कोही त्यसको नजिक पनि पुग्न सकेनन्। त्यसैले तिमीलाई बधाई र धन्यवाद छ। हामी दुवैलाई थाहा छ, यो एउटा अङ्क मात्र होइन।" एजेन्सी

टिप्पणी लेख्नुहोस्