लेख विवरण

आयरल्याण्ड विरुद्धको टेस्टका लागि इंग्ल्याण्डको टोली घोषणा

आयरल्याण्ड विरुद्धको टेस्टका लागि इंग्ल्याण्डको टोली घोषणा

काठमाडौंँ । बेन स्टोक्सको नेतृत्वमा इङ्ल्यान्डले आयरल्याण्ड विरुद्धको एकमात्र टेस्टका लागि मंगलबार आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। गल्फ दुर्घटनामा बायाँ खुट्टा भाँचिएर गत वर्ष अगस्टदेखि बाहिर रहेका विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टो टोलीमा पुनरागमन गरेका छन ।

बेयरस्टो टोलीमा फर्किएसँगै बेन फक्सलाई टोलीबाट हटाइएको छ। जोफ्रा आर्चर पनि आफ्नो दाहिने कुहिनोमा भएको फ्र्याक्चरको कारण टोलीबाट बाहिरिएका छन । टोलीमा पुनरागमन गर्ने तीब्र गतिका बलरहरूमा मार्क वुड र क्रिस वोक्स हुन् । उनीहरु २०२२ पछि पहिलो पटक टेस्ट टोलीमा फर्किएका छन् ।

इंग्ल्याण्डका लागि अर्को सकारात्मक पक्ष समरसेटविरुद्ध लन्काशायरको काउन्टी भिडन्तमा पहिलो दिन बलिङ गर्दा घाइते भएका जेम्स एन्डरसनलाई समावेश गर्नु हो। ईसीबीले आयरल्याण्ड टेस्ट अघि उनको फिटनेस टेस्ट गरेको थियो ।

चारदिने टेष्ट जुन १ देखि ४ सम्म लण्डनको लर्ड्स क्रिकेट मैदानमा हुनेछ र यो दुई देशबीचको दोस्रो टेस्ट हुनेछ । सन् २०१९ मा दुई देशबीच खेलिएको पहिलो टेस्ट इङ्ल्यान्डले १४३ रनले जितेको थियो।

इंग्ल्याण्डको टोलीः बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, जोनाथन बेयरस्टो, स्टुअर्ट ब्रोड, ह्यारी ब्रुक, ज्याक क्राउली, बेन डकेट, ड्यान लरेन्स, ज्याक लीच, ओली पोप, म्याथ्यू पोट्स, ओली रोबिन्सन, जो रुट, क्रिस वोक्स र मार्क वुड ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.