आयरल्यान्डले भारतसँग टी–२० सिरीज खेल्ने
काठमाडौं । आयरल्यान्डले भारतसँग टी–२० सिरीज खेल्ने भएको छ । भारतीय क्रिकेट टोलीले आगामी जुनमा दुई खेलको टी–२० सिरिजको लागि भ्रमण गर्ने मंगलवार क्रिकेट आयरल्याण्डले जनाएको छ । भारतीय टोलीबाहेक दक्षिण अफ्रिका र न्युजिल्याण्डका टोलीले पनि आयरल्याण्डमा सिरिज खेल्नेछन् । आयरल्याण्डले दोस्रो पटक भारतसँग टी–२० सिरिज खेल्दैछ । यसअघि सन् २०१८ मा टोलीले भारतसँग दुई खेलको टी–२० सिरिज खेलेको थियो ।
क्रिकेट आयरल्याण्डले मंगलबार आफ्नो पुरुष टोलीको घरेलु तालिका सार्वजनिक गरेको छ । अफगानिस्तानसँग हुने सिरिजको मिति र स्थान अझै तय भएको छैन। क्रिकेट आयरल्याण्डका प्रमुख कार्यकारी वारेन ड्युट्रोमले भने, पुरुष टोलीले यस पटकको गर्मीमा आयरल्याण्डका लागि बढी भन्दा बढी संख्यामा अन्तराष्ट्रिय सिरीजहरु खेल्नेछ। जसमा तीन एकदिवसीय र १२ टी २० खेलहरू समावेश छन्।
भारतीय टोलीले मालाहाइडमा दुवै टी–२० खेल खेल्नेछ । भारतीय टोली इंग्ल्याण्ड भ्रमणमा जानु अघि यी खेलहरू खेल्ने बिसीसीआइले जनाएको छ । न्युजिल्यान्डले आयरल्याण्डसँग मलाहाइडमा जुलाई १०, १२ र १५ मा तीन टी–२० खेल खेल्नेछ । यसपछि १८, २० र २२ जुलाईमा स्टोरमन्टमा तीन ओडीआई खेल्नेछ । न्यूजिल्याण्डपछि दक्षिण अफ्रिकाको टोली आयरल्याण्ड जानेछ । यी दुई टोलीबीच अगस्ट ३ र ५ ब्रिस्टलमा दुई टी–२० खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्