लेख विवरण

आरसी ३२ का प्रतिनिधि रविनलाई एक वर्ष प्रतिबन्ध, क्लबलाई एक लाख ५० हजार जरिवाना

आरसी ३२ का प्रतिनिधि रविनलाई एक वर्ष प्रतिबन्ध, क्लबलाई एक लाख ५० हजार जरिवाना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि तथा पूर्व अध्यक्ष रविन चन्दलाई एक वर्षको प्रतिबन्धसहित क्लबलाई एक लाख ५० हजार जरिवाना गरेको छ ।

सोमबार बसेको एन्फाअन्तर्गत लिग कमिटी र अनुशासन कमिटीको बैकले सुर्खेत जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष रविनलाई एक वर्ष एन्फाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको हो ।

यस्तै दुई खेलाडीलाई एक वर्ष प्रतिबन्ध र दुई अफिसियललाई आगामि खेलका लागि प्रतिबन्ध लगाएको छ । गत आइबार भएको खेलमा पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेपछि आरसी ३२ का खेलाडी र अफिसियलले एन्फा म्याच अफिसियलविरुद्ध झगडा गर्न भीआईपी बक्समा आइपुगेका थिए । जहाँ हात हालाहालको स्थिति सृजना भएको थियो ।

एन्फाले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष तथा विदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै अफिसियल सन्जिव कार्की र टिम म्यानेजर अनुप भट्टराईराई आगामि खेलको लागि प्रतिबन्ध गरेको छ ।

प्रतिबन्ध र कारबाही हिजो (सोमबार) बाट लागु भएको छ । जारी सी डिभिजन लिगमा अपराजित रहेको आरसी ३२ दोस्रो डिभिजन लिगमा बढुवा हुने संघर्षरत छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.