लेख विवरण

आर्मी महिला फुटबलको सेमिफाइनलमा

आर्मी महिला फुटबलको सेमिफाइनलमा

स्याङ्जा । नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङमा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११–० गोलले हरायो ।

सेमिफाइनलमा आर्मीले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीको जितमा असिमा कार्कीले चार गोल गरिन् । खुस्मा राईले ह्याट्रिक पूरा गरिन् । हिमा चौधरीले दुई तथा कुसुम खतिवडा र सपना मल्लले एक एक गोल गरिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.