आसाममा मुविक्क्षा र रोजनलाई दोहोरो पदक
काठमाडौं । आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडमी द्वारा भारतको आसाममा जुलाई १ देखि ३ सम्म आयोजना भएको ओपन इन्डिया कुक्किवान डिस्प्याच अन्तर्राष्ट्रिय च्याम्पियनशिपमा जैसिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडी मुविक्क्षा गजुरेलले सवजुनियर क्याटागोरीमा ग्योरोगी तर्फ स्वर्ण पदक तथा पुम्से तर्फ काँस्य पदक जितेका छन । प्रतियोगितामा रोजन प्रजापतिले क्याडेट क्याटागोरीमा ग्योरोगी तर्फ रजत र पुम्से तर्फ काँस्य पदक जित्न सफल भएका छन् ।
जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीहरुले प्रशिक्षक अन्जित राई, टिम व्यवस्थापक रमेश प्रजापति, अफिसयल भरत कारञ्जितको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतियोगितामा ग्योरोगी तर्फ मुविक्क्षा गजुरेल, आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य पदक साथै पुम्से तर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षा गजुरेलले काँस्य गरि नेपालका लागि १३ पदक जित्न सफल भएका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी÷पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्रयाण्ड जुरीको भुमिका निर्वाह गरेका छन् ।
प्रतियोगितामा सहभागिताको लागि लागेको दुई लाख भन्दा बढी सम्पूर्ण रकम जैसिदेवल युथ क्लवले व्यहोरेको अन्तर्राष्ट्रिय प्रशिक्षक÷अन्तर्राष्ट्रिय निर्णायक तथा क्लवका अध्यक्ष राजेश प्रजापतिले जानाएका छन । जैसिदेवल युथ क्लवले न्युनतम शुल्कमा तेक्वान्दो तालिम, निम्नवर्गिय खेलाडीहरुलाई निःशुल्क तालिम, निःशुल्क तेक्वान्दो पोसाक वितरण तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गर्दै आएको जानकारी क्लवका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्