लेख विवरण

आसिफलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

आसिफलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौंँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आसिफ शेख स्पिरिट अफ क्रिकेट अवार्डका लागि छनोट भएका छन् । यो सँगै उनी आईसीसी अवार्ड पाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । एन्डी म्याकबर्नीलाई रनआउट नगरेकोमा आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिइँदैछ।

नेपालसँगको खेलमा विपक्षी ब्याट्सम्यान एन्डी म्याकबर्नी रन लिने क्रममा अर्का खेलाडीसँग ठोक्किएपछि उनी ठीक समयमा क्रिजमा पुग्न सकेनन् । यस क्रममा विकेटकिपर आसिफले एन्डी म्याकबर्नीलाई रनआउट गर्ने मौका पाए पनि खेल भावना देखाउँदै रनआउट गरेनन् । त्यसकारण आइसीसीले उनलाई बिशेष सम्मान गर्दे स्पिरिट अफ क्रिकेट अवार्ड दिएको हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.