लेख विवरण

इंग्ल्याण्डका क्रिकेटरद्धारा आफू क्यान्सरसँग लडिरहेको खुलासा

इंग्ल्याण्डका क्रिकेटरद्धारा आफू क्यान्सरसँग लडिरहेको खुलासा

काठमाडौंँ । इंग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान साम बिलिङ्सले आफू छालाको क्यान्सरसँग लडिरहेको खुलासा गरेका छन् । उनले गत वर्ष आफ्नो छातीबाट घातक मेलानोमा हटाउन दुईवटा शल्यक्रिया गरेका थिए। उनले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

बिलिङ्सको काउन्टी टोली केन्टमा नियमित जाँचको क्रममा उनलाई छालाको क्यान्सर भएको पत्ता लागेको थियो। बिलिङ्सले टेलिग्राफलाई भने, 'मेरो शरीरमा ०.६ मिमी (गहिरो) मेलानोमा थियो। यो ०.७ मिमी गहिरो भएको भए साँच्चै गम्भीर हुन्थ्यो, किनभने यो त्यो सीमामा पुग्न धेरै नजिक थियो।'

बिलिङ्सले इङ्ल्यान्डका लागि तीन टेस्ट, २८ एकदिवसीय र ३७ टी २० खेल खेलेका छन्। उनी अहिले काउन्टी क्रिकेट खेलिरहेका छन् । उनले साथी खेलाडी र फ्यानहरूलाई घाममा धेरै समय बिताउदा हुने खतराहरूबारे जानकारी दिइरहेका बताएका छन। बिलिङ्सले भने, ‘मैले व्यावसायिक खेल खेल्ने खेलाडीहरुको मात्र कुरा गरिरहेको छैन । क्लबका क्रिकेटर र खेल हेर्ने मानिस पनि यसको सिकार हुन सक्छन् । मैले भर्खरै लर्ड्समा खेलेको थिएँ र त्याहाँ घाम लागेको थियो। २५ डिग्री नभए पनि १८ डिग्रीको तापक्रम भएको घाममा पनि यसले हानि पु¥याउन सक्छ । क्रिकेटमा हुने यो खतराको बिषयमा म सबैसंग मिलेर सहकार्य गर्न चाहन्छु । खेलको क्रममा यदि घाम चम्किलो छ भने पहिला आफ्नो सुरक्षा गर्नुहोस्।'

टिप्पणी लेख्नुहोस्

Please Login to comment.