लेख विवरण

इंग्ल्याण्ड क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने

इंग्ल्याण्ड क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टोलीले ६ वर्षपछि बंगलादेश भ्रमणमा जाने तयारी गरेको छ । टोलीले बंगलादेशमा ३ एकदिवसीय र टी–२० खेलको सिरिज खेल्नेछ । ६ वर्षपछि हुन लागेको यो भ्रमण सन् २०२३ मार्चबाट सुरु हुनेछ । दुवै सिरिजको पूर्ण तालिका इङ्ल्यान्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको छ । तालिका अनुसार एकदिवसीय सिरिजको पहिलो खेल १ मार्चमा हुनेछ र १४ मा समाप्त हुनेछ। सिरिजका खेलहरु चटगाउँ र ढाकामा हुनेछ ।

बंगलादेश र इंग्ल्याण्डबीच पहिले तीन एकदिवसीय खेलको सिरिज हुनेछ । पहिलो र दोस्रो खेल क्रमश मार्च १ र ३ तारिखका दिन ढाकामा हुनेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल मार्च ६ मा चटगाउँमा हुनेछ । एकदिवसीय शृंखला अघि इंग्ल्याण्डले दुई अभ्यास खेल खेल्नेछ। यद्यपी यी खेलहरुको बारेमा अहिलेसम्म कुनै घोषणा गरिएको छैन ।

दुई टोलीबीच हुने तीन खेलको टी–२० सिरिज मार्च ९ बाट चटगाउँमा सुरु हुनेछ । त्यसपछि क्रमश दोस्रो र तेस्रो खेल मार्च १२ र १४ तारिखमा ढाकामा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.