लेख विवरण

इंग्ल्याण्ड बिरुद्धको टेस्ट सिरीजका लागि न्युजिल्यान्डको टोली घोषणा

इंग्ल्याण्ड बिरुद्धको टेस्ट सिरीजका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । न्युजिल्यान्ड क्रिकेटले इंग्ल्याण्ड विरुद्धको आगामी टेष्ट सिरिजका लागि २० सदस्यीय टोली घोषणा गरेको छ । न्युजिल्यान्ड क्रिकेटले ७ वर्षपछि इंग्ल्याण्डविरुद्ध आफ्नो उत्कृष्ट खेलाडी छनोट गर्दै सबैलाई चकित तुल्याएको छ । टोलीको इंग्ल्याण्ड भ्रमण जुन २ मा लर्ड्समा हुने पहिलो क्रिकेट खेलबाट सुरु हुनेछ।

न्युजिल्यान्डको २० सदस्यीय टोलीमा समावेश भएका नयाँ खेलाडीमा माइकल ब्रेसवेल र केन विलियम्सन रहेका छन । कुहिनोको चोटका कारण केन गत वर्ष नोभेम्बरदेखि मैदान बाहिर थिए ।उनी अहिले आईपीएलमा सनराइजर्स हैदरावादका कप्तान छन् ।

इंग्ल्याण्डविरुद्ध छनोट भएको टेष्ट टोलीमा हमिस रफरफोर्ड पनि परेका छन् । हामिसले सन् २०१५ मा न्यूजिल्याण्डका लागि अन्तिम टेस्ट खेलेका थिए । त्यसयता उनले अवसर पाएका थिएनन । उनले न्युजिल्यान्डको २०२१-२२ फर्स्ट क्लास सिजनमा सबैभन्दा धेरै रन बनाएपछि आगामी टेस्ट सिरिजका लागि छनोट भएका हुन।

केन विलियम्सन, ट्रेन्ट बोल्ट, टिम साउदी, डेरिल मिचेल र डेभन कोनवे हाल आईपीएलमा खेलिरहेका छन् ।आईपीएलको फाइनल मे २९ मा हुने भएकोले उनीहरु ढिलो राष्ट्रिय टोलीसँग जोडिने भएका छन ।

न्युजिल्यान्डको इंग्ल्याण्ड भ्रमण जुन २ बाट सुरु हुँनेछ । दुई टोलीबीचको पहिलो टेस्ट लर्ड्समा हुनेछ । यसपछि दोस्रो र तेस्रो टेष्ट खेल क्रमशः १० र २३ जुनमा ट्रेन्ट ब्रिज र हेडिङलीमा हुनेछ ।

इंग्ल्याण्ड टेस्ट सिरिजका लागि न्युजिल्याण्ड क्रिकेट टोली : केन विलियम्सन (कप्तान), हमिस रदरफोर्ड, टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, डेभन कोनवे, कोलिन डी ग्रान्डहोम, ज्याकब डफी, क्यामरन फ्लेचर, म्याट हेनरी, काइल जेमिसन, टम लाथम, डेरिल मिचेल, हेनरी निकोल्स, एजाज पटेल, रचिन रविन्द्र, टिम साउथी, ब्लेयर टिकनर, नील वाग्नर र विल यंग।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.