इंग्ल्यान्डविरुद्ध भारतको सहज जित
काठमाडौं । भारतले पहिलो टी २० अन्तर्राष्ट्रियमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा अल आउट हुँदै १४८ रनमा समेटियो । टोलीका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान दिए । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान दिए ।
इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्