लेख विवरण

इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखला अस्ट्रेलियाद्धारा क्लिन स्वीप

इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखला अस्ट्रेलियाद्धारा क्लिन स्वीप

काठमाडौं । अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखला ३–० को क्लिन स्वीप गरेको छ । मेलबर्न रंगशालामा भएको तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियाले जोस बटलरको टोलीलाई २२१ रनले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभरमा ५ विकेट गुमाउदै ३ सय ५५ रन बनायो । टोलीका लागि ओपनर ट्रेभिस हेडले १ सय ५२ रनको सतकीय पारी खेले । १ सय ३० बलको सामना गरेका उनले १६ चौंका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर डेभिड वार्नरले पनि सतकीय पारी खेले । उनले १ सय २ बलमा ८ चौंका र २ छक्काको मद्दतले १ सय ६ रन बनाए । टोलीका लागि मिचेल मार्श (३०) रन बनाउदा स्टेभन स्मिथले २१ रन बनाए । मार्कस स्टोइनिस र एलेक्स केरी समान १२ १२ रन बनाए ।

इंग्ल्यान्डका लागि ओली स्टोनले सर्वाधिक ४ विकेट लिए । लियाम डावसनको नाममा एक विकेट रह्यो ।

अस्ट्रेलियाले दिएको ३५६ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ३१.४ ओभरमा १४२ रन बनाउदै अलआउट भयो । टोलीका लागि जेसन रोयले सर्वाधिक ३३ रन बनाए । जेम्स विन्सले २२ रन बनाउदा मोइन अली र लियाम डसनले समान १८ १८ रन बनाए । सैम करन र डेभिड विलीले समान १२ १२ रन बनाए ।

अस्ट्रेलियाका लागि बलिङमा एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । सेन एबट र प्याट कमिन्सले समान २ २ विकेट लिए । जोश हेजलवुड र मिचेल मार्शले एक एक विकेट लिए ।

रनका हिसाबले इंग्ल्यान्डको एकदिवसीय इतिहासमा यो सबैभन्दा ठूलो हार हो । सन् २०१८ मा इंग्ल्याण्ड श्रीलंकासँग २१९ रनले पराजित भएको थियो । त्यसको चार वर्षपछि इंग्ल्यान्डले यो अवाञ्छित किर्तिमान तोडेको छ । अस्ट्रेलियाले तेस्रो एकदिवसीयमा ३ सय ५५ रन बनाएको थियो । वर्षाले प्रभावित खेलमा २ ओभर कम भएपछि इंग्ल्याण्डले ३६४ रनको लक्ष्य पाएको थियो । जवाफमा इंग्ल्याण्डको टोली १४२ रनमा अलआउट भयो ।

यसअघिको दुई खेलमा पनि नराम्रो हार बेहोरेको थियो । सिड्नीमा भएको पहिलो एकदिवसीय खेलमा इंग्ल्याण्ड ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया ७२ रनले विजयी भएको थियो । तेस्रो एकदिवसीयमा १५२ रन बनाएका ट्रेभिस हेड प्लेयर अफ द म्याच घोषित भए भने डेभिड वार्नर प्लेयर अफ द सिरिज घोषित भए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.