लेख विवरण

इङल्यान्ड पराजित भएपछि टी–२० सिरीज वेस्टईन्डीजलाई

इङल्यान्ड पराजित भएपछि टी–२० सिरीज वेस्टईन्डीजलाई

काठमाडौं । तिव्र गतिका बलर जेसन होल्डरले अन्तिम ओभरमा चार विकेट लिएपछि वेस्टईन्डीजले इङल्यान्डलाई अन्तिम टी–२० खेलमा १७ रनले पराजित गरेको छ । केसिङटन ओभलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टईन्डीजले निर्धारित २० ओभरको खेलमा १७९ रन बनायो ।

जवाफमा ईङल्यान्डको टोलीले १९ ओभरमा ६ विकेट गुमाएर मात्र १६० रन बनायो । अन्तिम ओभरमा टोलीलाई ६ बलमा २० रन चाहिएको अवस्थामा वेस्टईन्डीजका बलर जेसन होल्डर बलिङ गर्न आए । उनले अन्तिम ओभरको पहिलो बल नो बल गरे । त्यसपछि उनले दोस्रो, तेस्रो, चौंथो र पाचौं बलमा लगातार विकेट लिए । जसकारण ईङल्यान्ड पराजित हुन पुग्यो ।
सिरीजको यो अन्तिम खेल रहेको थियो । जसलाई वेस्टईन्डीजले ३–२ ले जित्यो । पाँच टी–२० खेलको सिरीज यसअघि २–२ को बराबरीमा रहेको थियो । ईनिङको एक बल बाँकी रहदै ईङल्यान्डको टोली १६२ रनमा अलआउट भयो ।

होल्डरले अन्तिम ओभरमा क्रिस जोर्डन (७), स्याम बिलियम्स (४१), आदिल रशिद (०) र साकिब महमुद (०)लाई पेभेलियनको बाटो देखाए । २.५ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चे ।

ईङल्यान्डका जेम्स विन्सले ३५ बलमा ५५ रनको अर्धसतकिय पारी खेलेका थिए । उनलाई बायाँ हाते स्पिनर अकील हुसेनले आउट बनाए । हुसेनले ३० खर्चेर चार विकेट लिए । यसअघि वेस्टईन्डीजको टोलीलाई ईङल्यान्डका स्पिनरहरुले आफ्नो शिकार बनाएका थिए । तर कप्तान किरोन पोलार्ड (२५ बलमा अविजित ४१ रन) र रोमेन पावेल (१७ बलमा अविजित ३५ रन)ले पाँच ओरभमा ७४ रनको साभेदारी बनाएपछि टोली सम्मान जनक स्कोरमा पुगेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.