लेख विवरण

इङ्लिस प्रिमियर लिग : लिभरपुल बिजयी

इङ्लिस प्रिमियर लिग : लिभरपुल बिजयी

काठमाडौं । मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । 

शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई 
सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै  १–० को अ अग्ता कायम गराउन सफल भए । 

त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो । 

लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.