लेख विवरण

इङ्लिस प्रिमियर लिग : वेस्टहाम विजयी

इङ्लिस प्रिमियर लिग : वेस्टहाम विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको मध्यम टोली वेस्टहामले बर्नमाउथलाई पराजित गरेको छ । घरेलु मैदानमा सामेबार राति भएको खेलमा वेस्टहामको बर्नमाउथलाई २(० गोलले हरायो ।

वेस्टहामको जितमा कुर्ट जोउमा र मोहमेद सइद वेन्राहामाले गोल गरे । जोउमाले ४५औँ मिनेटमा खाता खोलेका थिए । मोहमेदले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै वेस्टहामलाई सजिलै जिताए ।

जितसँगै वेस्टहाम १०औँ स्थानमा उक्लिएको छ । बेस्टहामले १२ खेलबाट १४ अङ्क बनाएको छ । पराजित बर्नमाउथ १४औँ स्थानमा झरेको छ । बर्नमाउथको १३ अङ्क छ ।

लिगको शीर्षस्थानमा रहेको आर्सनलको ११ खेलबाट २८ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ अङ्क छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.