इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पुस २९ गते बाट हुने प्रतियोगितामा ८ टोली को सहभागिता रहने छ । टी २० फरम्याटमा सँचालन हुने प्रतियोगिता लिग कप नक आउट फर्म्याटमा खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सी पी पौडेलले जनाएका छन ।
७ प्रदेश र एक बिभागिय टोली एपिएफ क्लबको सहभागीता रहने प्रतियोगितामा जम्मा १८ खेल हुनेछन् । ८ टोलीलाई दुई समुहमा विभाजन गरी लिग खेल खेलाइनेछ । २ समुहहरुको विजेता र उप विजेताहरुलाई अर्को समूहसँग सेमिफाइनल खेलाइने पौडेलले बताए।
प्रतियोगितामा विजेतालाई ५ लाख, उप विजेतालाई ३ लाख म्यान अफ द सिरिजलाई ३० हजार, सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलरलाई २० हजार तथा ट्रफी दिइने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्