लेख विवरण

इटहरी गोल्डकपः उपाधिका लागि सगरमाथा र चर्च ब्वाईज भिड्दै

इटहरी गोल्डकपः उपाधिका लागि सगरमाथा र चर्च ब्वाईज भिड्दै

सुनसरी । इटहरी गोल्डकपको उपाधिका लागि आज मोरङको सगरमाथा क्लब र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । इटहरी रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सगरमाथामा नवप्रवेशी ए डिभिजन क्लब खुमलटार अधिकांश खेलाडीहरु रहेका छन् । यसै बर्ष ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो ।

सगरमाथाले पहिलो खेलमा एभेनियर फुटबल क्लबलाई हराएको थियो भने सेमीफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि जित जीत हात पारेको थियो । चर्च ब्वाइजले पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको थियो भने सेमीफाइनलमा विभागीय टोली आर्मीमाथि जित निकालेको थियो ।

यी दुई टिमबिचको उपाधी बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.