इटहरी गोल्डकप : उपाधीको लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने
सुनसरी । सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाईज युनाइटेड र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङ भिड्ने भएका छन । इटहरी रंगशालामा आज (बिहिबार) सम्पन्न अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाईज युनाइटेडले बिभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई १-० गोल अन्तरले पराजीत गर्दै सगरमाथासँगको उपाधी भिडन्त पक्का गरेको हो । आर्मीका दिपक गुरुङगले आत्माघाती गोल गरेपछी चर्च ब्वाईज उपाधी नजिक पुगेको हो । २२ औ मिनेटमा चर्च ब्वाइजका बिदेशी खेलाडी बेम्पाले प्रहार गरेको थ्री किकलाई दिपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्माघाती गोल हुनपुगेको थियो ।
पहिलो हाफमा पाएको ३ वटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई पनि सुशान्त चौधरी खेर फालेपछी दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको हो । दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्याइजका बिदेशी खेलाडी फ्रेकलिक ताल्ला म्यानअफ द म्याच घोषित हुदै नगद १० हजार पाए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानले अपेक्षा अनुसार बल नियन्त्रणमा राख्न नसक्दा पराजित भएको बताए । गोलरक्षक र डिफेन्डर बिचको तालमेल नहुँदा गोल व्यहोर्न पुगेको उनले बताए । विपक्षीको कम्प्याट डिफेन्सलाई तोड्न नसक्दा गोल स्कोर नभएको बताए । न्यौपानले पाएको २ वटा महत्वपुणर् अवसर सदुपयोग नहुनु नै पराजयको कारण भएको बताए ।
उनले निर्णायकले पाएको पेनाल्टीको अवसर नदिएको आरोप लगाए । रेफ्रीहरुलाई म्याच एक्सपोजरको कमी भएको कारण सहि निणर्य दिन समस्या हुने गरेको उनले गुनासो गरे ।
चर्च व्बाइजका प्रशिक्षक प्रदिप हुमागाईले खेलबाट सन्तुष्ट भएको बताए । उनले अघिल्लो खेलका केही खेलाडीलाई विश्राम दिएर नयाँ खेलाडीको प्रयोग सफल भएको बताए । उनले खेलाडी बिचको समन्वय सफल हुनु खुशीको बिषय भएको बताए । हुमागाईले रेफ्रीको निणर्य प्रति सन्तुष्टी व्यक्त गर्दै नेपाली रेफ्रीहरु क्षमतावान रहेको प्रतिक्रिया दिए ।
शनिबार हुने फाइनलमा चर्च व्वाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३(१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यी दुई टिमबिचको उपाधी बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।

टिप्पणी लेख्नुहोस्