लेख विवरण

इटहरी गोल्डकप : उपाधी जित्नेमा दुबै टोली ढुक्क

इटहरी गोल्डकप : उपाधी जित्नेमा दुबै टोली ढुक्क

गुरु ढकाल, सुनसरी । इटहरी गोल्डकपको उपाधीको लागि शनिबार प्रतिष्पर्धा गर्न लागेका सगरमाथा युथ क्लब र चर्च व्बाइजले उपाधी जित्ने दाबी गरेका छन । इटहरी रंगशालामा आज भएको प्रि—म्याच कन्फ्रेन्समा दुबै टोलीले बिपक्षी बलियो भएपनि उपाधी जित्ने दाबी गरे । फाइनल खेलमा आफ्नो रणनीति प्रभावकारी रहने दाबी गरेका उनीहरले बिपक्षीलाई कमजोर नआक्ने बताए ।

सगरमाथाका प्रशिक्षक याम गुरुङले आफुहरु डिफेन्डिङ च्याम्पियन भएकाले पनि उपाधि जित्नै पर्ने दबाबमा नरहेको बताए । चर्च व्बाइजका प्रशिक्षक प्रदिप हुमागाईले फाइनल खेल भएकाले खेल स्वभाविकरुपमै प्रतिस्पर्धात्म हुने बताए । टिमका सबै खेलाडीको मिहेनतले फाइनल पुगेको बताउदै हुमागाइले सबै खेलाडी फिट रहेकाले उपाधी जित्नेमा ढुक्क रहेको बताए ।

सगरमाथामा नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडीहरु रहेका छन् । यसै बर्ष ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो । सगरमाथाले पहिलो खेलमा एभेनियर फुटबल क्लबलाई हराएको थियो भने सेमीफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि जित जीत हात पारेको थियो । चर्च ब्वाइजले पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको थियो भने सेमीफाइनलमा विभागीय टोली आर्मीमाथि जित निकालेको थियो । यी दुई टिमबिचको उपाधी बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।

 

इटहरी गोल्डकप : उपाधी जित्नेमा दुबै टोली ढुक्क

टिप्पणी लेख्नुहोस्

Please Login to comment.