लेख विवरण

इटालियन ओपन : जोकोभिच लगातार १७ औं पटक क्वार्टरफाइनलमा

इटालियन ओपन : जोकोभिच लगातार १७ औं पटक क्वार्टरफाइनलमा

काठमाडौंँ । जोकोभिच लगातार १७ औं पटक इटालियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् । उनले तेस्रो राउण्ड जित्दै क्वार्टरफाइनल पुगेका हुन । २२ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले दोस्रो सेटबाट कमब्याक गर्ने क्रममा ग्रिगोर दिमित्रोभलाई ६–३, ४–६, ६–१ ले हराउँदै चौथो राउन्डमा पुगे। विश्व वरियतामा हाल पहिलो स्थानमा रहेका जोकोभिच लगातार १७ औं वर्ष अन्तिम आठमा पुगेका हुन । यो उनको करियरको ९१औँ एटीपी मास्टर्स र १ हजारौं क्वाटरफाइनल हो।

जोकोभिच इटालियन ओपनको हरेक सहभागितामा शीर्ष आठमा पुगेका छन्। फोरो इटालिकोमा उनले प्रतियोगिताको छ संस्करण जितेका छन् र जारी इटालियन ओपनको जोकोभिच डिफेन्डिङ च्याम्पियन पनि हुन । उनी अब रोममा आफ्नो सातौं उपाधि जित्ने क्रममा छन् । जोकोभिचले सन् २००८, २०११, २०१४–१५, २०२० र २०२२ मा यो प्रतियोगिता जितेका थिए। इटालियन ओपनमा ८९ मिनेटको जितपछि उनले अब डेनमार्कका होल्गर रुनको सामना गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.