लेख विवरण

इटालीको एक सुपरमार्केटमा स्पेनिस फुटबलरमाथि चक्कु प्रहार

इटालीको एक सुपरमार्केटमा स्पेनिस फुटबलरमाथि चक्कु प्रहार

काठमाडौं । इटालीको मिलानमा रहेको एक सुपरमार्केटमा स्पेनिस फुटबलर पाब्लो मारीसहित कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको छ । आक्रमणमा सुपरमार्केट क्यासियरको मृत्यु भएको छ । साथै एक फुटबलर सहित कयौं व्यक्तिहरू गम्भीर घाइते भएका छन। इटालियन कानून प्रवर्तन एजेन्सी काराबिनेरीका अनुसार प्रहरीले असागोको मिलान उपनगरमा रहेको एक सपिङ सेन्टरमा आक्रमण गरेको आशंकामा ४६ वर्षीय इटालियन व्यक्तिलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी एएनएसएका अनुसार सुपरमार्केटका एक कर्मचारीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य तीन जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । अहिलेसम्म आक्रमणको कारण थाहा हुन सकेको छैन ।

बीबीसीका अनुसार मृतक सुपरमार्केटमा क्यासियर पदमा कार्यरत थिए। पक्राउ परेका व्यक्ति मानसिक रूपमा अस्थिर रहेको प्रहरीले जनाएको छ । आक्रमणको आतंकवादसँग कुनै सम्बन्ध नभएको देखिन्छ। मिडिया रिपोर्टका अनुसार संदिग्ध व्यक्तिले सुपरमार्केटको सेल्फबाट चक्कु निकाले र अचानक मानिसहरूलाई आक्रमण गर्न थाले।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.