लेख विवरण

इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुवात

इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुवात

काठमाडौं । इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगितामा आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनको आयोजनामा बुधबारदेखि राखेप कभर्डहलमा सुरु भएको प्रतियोगितामा आर्मीले जावलाखेल ह्वीलचेयर स्पोर्टस् क्लबलाई २६–२१ अंकले हरायो ।

अर्को खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरीले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६–१३ अंकले हरायो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७–१२ ले पछि पारेको छ ।

महिलातर्फ ओमेन ह्वीलचियर बास्केटबल एसोसिएसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरीलाई १६–१० अंक र ह्वीलचियर स्पोर्टस् एसोसिएसनले नेपालले बुद्धिसरा इन एक्सनलाई ६–२ अंकले हरायो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार टोलीको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.