लेख विवरण

इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा फागुन १८ देखि २१ गतेसम्म इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । हात्तीवन स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका निर्देशक समिरराज पाण्डेले जानकारी दिए ।

१० ओभरको खेलमा हरेक टोलीले १० खेलाडी राख्न पाउनेछन् । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागि टोलीका लागि ४० हजार प्रवेश शुल्क तय गरिएको पनि आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.