लेख विवरण

इन्डो–नेपाल कराते प्रतियोगितामा चन्दा च्याम्पियन

इन्डो–नेपाल कराते प्रतियोगितामा चन्दा च्याम्पियन

काठमाडौं । नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला तर्फ ७० केजीमा पहिलो भएकी छिन् । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा शनिबार चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन् ।

कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला २६ केजीमा नेपालकी श्रृष्टि अधिकारीले भारतकी आइना दास, ५० केजीमा भारतकी चन्द्रा शिखाले नेपालकी आशिका पन्त तथा ६६ केजीमा नेपालकी प्रमिला भुमिलाई हराउदै स्वर्ण जितिन ।

पुरुष ३२ केजीमा नेपालका आकाश भुमिले भारतका रोहन दास, ५० केजीमा भारतका जयदीप दासले नेपालका अमन तामाङ, ५७ केजीमा नेपालका आशिष शाही ठकुरीले भारतका अद्रिडो दास, ५६ केजीमा नेपालका पार्थ कोइरालाले भारतका दीपेन लोन, ५० केजीमा नेपालका शेख रिजवानले भारतका सावानाबो रोय, ५५ केजीमा नेपालका श्रृजित गुरुङले भारतका ब्रम्हमा बार्टा दास, ८६ केजीमा नेपालका मुकेश लुइटेल खत्रीले भारतका इन्द्रजित शाह, ५६ केजीमा नेपालका सञ्जय राईले भारतका रुपम कुथी तथा ७२ केजीमा नेपालका विक्रम राणाले भारतका रोनितलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

पुरुषकै ६६ केजीमा भारतका आर्यमान चक्रबर्टीले नेपालका रोहन देउला, ५८ केजीमा नेपालका दीपेश तामाङले भारत रञ्जय, ८२ केजीमा नेपालका युभेन थापाले भारतका अंकित दास तथा ६५ केजीमा भारतका आकाश सेनले नेपालका दिनेश बम्जनलाई पन्छ्याउदै पहिलो भए ।

विजेतालाई नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.