इन्डो–नेपाल खुला करातेमा नेपाललाई ४ स्वर्ण
काठमाडौंँ । नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् ।
भारतको भिषाखापट्नममा मे २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा सागर काफ्ले, शब्द कुँवर, अर्पण भण्डारी र विवेक विकले स्वर्ण जिते । दोहोरो पदक जितेका सागरले रजत पनि हात पारे । सावित्री भण्डारी र मनीष रोका मगरले रजत तथा सुगन बस्याल र विशन थापा मगरले कांस्य प्राप्त गरे ।

टिप्पणी लेख्नुहोस्