लेख विवरण

इन्दौर टेस्टमा भारतको लज्जास्पद हार

इन्दौर टेस्टमा भारतको लज्जास्पद हार

काठमाडौंँ । इन्दौर टेस्टमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गरेको छ । भारतले दिएको ७६ रनको लक्ष्य अष्ट्रेलियाले खेल सुरु भएको ७६ मिनेटमै पुरा गरेको थियो । टोलीका लागि ट्राभिस हेडले ४९ रनको इनिङ खेले । जितसँगै अष्ट्रेलियाले चार खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ । सिरिजको अन्तिम खेल मार्च ९ देखि १३ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

हारपछि भारतीय कप्तान रोहित शर्माले भने, ‘स्पिनमैत्री पिचमा खेल्ने टोलीको निर्णय थियो । हामीलाई थाहा थियो कि यो हाम्रा ब्याट्सम्यानका लागि पनि चुनौतीपूर्ण हुनेछ, तर हामी यसको लागि तयार थियौं, यद्यपि भारतीय ब्याट्सम्यानले पहिलो इनिङ्समा राम्रो ब्याटिङ गर्न सकेनन्।

खेलको तेस्रो दिन शुक्रबार पाहुना टोली अष्ट्रेलियाले ७६ रनको सानो लक्ष्य पाएको थियो । तर अश्विनले दिनको दोस्रो बलमा उस्मान ख्वाजालाई शून्यमा आउट बनाउदै खेलमा आशा जगाएका थिए। पहिलो ११ ओभरसम्म भारतीय स्पिनरहरुले प्रभावशाली प्रदर्शन गरेका थिए, तर १२ औं ओभरमा बल परिवर्तन हुनासाथ परिस्थिति बदलियो । यसअघि अष्ट्रेलियाले १३ रन बनाएको थियो । टोलीका ब्याट्सम्यानले नयाँ बलमा ७ ओभरमा बाँकी ६३ रन बनाए । अश्विनको बलमा मार्नस लाबुसेनले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । ट्राभिस हेड ४९ र मार्नस लाबुसेन २८ रनमा अविजित रहे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.