लेख विवरण

इरानलाई फिफा विश्वकपबाट बाहिर राख्न युक्रेनको माग

इरानलाई फिफा विश्वकपबाट बाहिर राख्न युक्रेनको माग

काठमाडौं । युक्रेन फुटबल संघ (युएएफ) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकपबाट इरानलाई बहिष्कार गर्न माग गरेको छ । युएएफले इरानमाथि मानवअधिकार उल्लङ्घन र रुसी सेनालाई हतियार आपूर्ति गरेको आरोप लगाएको छ।

कतारमा हुने फिफा विश्वकपमा इरानसँगै समूह बी इङ्ल्यान्ड, अमेरिका र वेल्स रहेका छन् । इरानको पहिलो खेल नोभेम्बर २१ मा इंग्ल्याण्डसँग हुनेछ । खेल सुरुहुन तीन साताअघि युक्रेनले बैठक बोलाएर इरानलाई विश्वकपबाट बाहिर निकाल्ने माग राखेको छ ।

यद्यपी युक्रेनी महासंघको कार्यकारी समितिले यो मागको पछाडि इरानको ठाँउमा आफ्नो टोलीलाई विश्वकपमा स्थान दिलाउनु नरहेको बताएको छ । गत जुनमा युक्रेनले प्लेअफको फाइनलमा वेल्ससँग पराजित हुँदै विश्वकप खेल्ने सपना चकनाचुर पारेको थियो ।

यसअघि युक्रेनको शीर्ष क्लब शाख्तर डोनिस्कले पनि फिफालाई यस्तै अपील गरेको थियो ।

यद्यपि फिफाले युक्रेनको मागबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। फिफाले सामान्यतया कुनै देशको सरकार तथा सैन्य निर्णयहरूको कारण सदस्य राष्ट्रहरूलाई मुद्दा चलाउँने वा निलम्बन गर्दैन। तर, मानवअधिकार उल्लंघन र युक्रेनमाथि आक्रमण गरेको भन्दै फिफाले रुसलाई विश्वकप छनोट खेलबाट निलम्बन गरेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.