लेख विवरण

ईन्द्र र सुलभको जित

ईन्द्र र सुलभको जित

ललितपुर । यहि २०२३ जनवरी १६ देखि २८ तारिखसम्म थाइल्यान्डको राजधानी बैंककमा हुन गइरहेको अन्डर २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप छनौटमा शुलभ माली र ईन्द्र सुनारले जित हासिल गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको दोस्रो दिन भएको ५७ केजि तौलसमूहको सेमिफाइनल खेलमा बोसीगाउँका शुलभ मालीले बक्समाण्डुका सिङ्गविर लिम्बुलाई अंकको आधारमा जिते भने आर्मीका ईन्द्रबहादुर सुनारले केवाईबीसीका निर्मल सुवेदीलाई आरएसीका आधारमा जित हासिल गरेका छन् ।

छनौट चरणका अन्य खेलहरु भोलि बिहान ८ बजेबाट सञ्चालन हुने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.