लेख विवरण

उत्कृष्ट महिला क्रिकेटरको उपाधि नेटलाई

उत्कृष्ट महिला क्रिकेटरको उपाधि नेटलाई

काठमाडौंँ । इंग्ल्याण्डकी स्टार अलराउन्डर नेट स्काइभर सन् २०२२ को उत्कृष्ट महिला क्रिकेटर बनेकी छिन् । यो सँगै उनले ‘राचेल हेहो फ्लिन्ट ट्रफी’ जितेकी छिन् । क्रिकेटको तीनवटै फर्म्याटमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा नेटले यो अवार्ड जित्न सफल भएकी हुन । उनले गत वर्ष ३३ अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा १ हजार ३ सय ४६ रन बनाउदै २२ विकेट लिएकी थिइन ।

नेटले अवार्ड जित्ने दौडमा भारतीय ओपनर स्मृति मन्धाना, न्युजिल्यान्डकी इमिलिया कार र अस्ट्रेलियाकी बेथ मुनीलाई पछि पारिन। नेटसँगै यी तीनै खेलाडी गत महिना यो अवार्डका लागि मनोनयनमा परेका थिए ।

३० वर्षीय नेटले गत वर्ष दुई टेस्ट खेलमा १२१ को औसतले २४२ रन बनाएकी थिइन । यस क्रममा उनले एक शतक र एक अर्धशतक बनाइन । उनले सन् २०२२ मा १७ एकदिवसीय खेल्दै १६ इनिङ्समा ५९.५० को औसतले ८३३ रन बनाएकी थिइन। गत वर्ष एकदिवसीय विश्वकपमा इङ्ल्यान्डलाई फाइनल पुर्‍याउन नेटले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन। फाइनल खेलमा उनले १२१ बलमा १४८ रनको अविजित इनिङ खेलेकी थिइन ।

टी–२० क्रिकेटमा पनि नेटले १४ खेलको १३ इनिङ्समा २७.१० को औसत र १०९.७१ को स्ट्राइक रेटमा २७१ रन बनाएकी छिन्। उनले ब्याटरका रूपमा मात्र नभइ इंग्ल्यान्डका लागि अतिरिक्त बलरको भूमिका पनि निभाइन् । उनले गत वर्ष पनि टी–२० क्रिकेटमा ६ विकेट लिएकी थिइन । उनले एकदिवसीयमा ११ र टेस्टमा ५ विकेट लिएकी थिइन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.