लेख विवरण

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन । उनले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामना समेत दिएका छन् ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.