लेख विवरण

उमा ब्रिटिस च्याम्पियनसिपमा उद्धवले प्रतिस्पर्धा गर्ने

उमा ब्रिटिस च्याम्पियनसिपमा उद्धवले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालका उद्धव थापा मगरले उमा ब्रिटिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उद्धवले ४५ वर्षमाथि चाइनिज फम्स र वेपन फम्समा प्रतिस्पर्धा गर्नेछन् ।

नोभेम्बर २७ तारिखमा हुने प्रतियोगिताका लागि उद्धव इङल्यान्डको ओर्सेस्टर प्रस्थान गरिसकेका छन् । उनलाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, भारतीय कुङफु फेडरेसनका प्राविधिक निर्देशक ज्ञानप्रकाश त्रिपाठी र भारतका कुङफु खेलाडी आकाश आनन्दले एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.