लेख विवरण

उसुमा पहिलो दिन ३ खेलाडी छनोट

उसुमा पहिलो दिन ३ खेलाडी छनोट

काठमाडौंँ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि भएको अन्तिम खेलाडी छनोट प्रतियोगिताको पहिलो दिन ३ खेलाडी छनोट भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताबाट थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिन्जाली तथा महिलामा सुस्मिता तामाङ छनोट भए । सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिए । छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.