ऋचा मेमोरियल टी–२० क्रिकेटमा आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित
विराटनगर । विभागीय टोली नेपाल आर्मी र एपीएफ विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा विजय भएका छन् । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको छ ।
लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले हराउदै आर्मी विजयी भएको हो ।
विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरे । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का प्रहार गरे । खेलको म्यान प्लेयर द म्याच पनि बसीर नै भए ।
राष्ट्रिय खेलाडीहरुको दबदबा रहेको आर्मीका लागि हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का प्रहार गरे । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दै २ छक्का र २ चौका प्रहार गरे ।
बलिङमा वाइआरसीसीका भिष्प सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
जवाफमा वाइआरसीसी १९ दशमलव ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौका प्रहार गरे । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का प्रहार गरे । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन ।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले १–१ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । एपीएफले भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै दोस्रो जित निकालेको हो । १३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव २ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो ।
नरपथगञ्जको टोली १९ ओवरमा अलआउट भइ १३८ रनमा समेटिएको थियो । म्यान अफ द म्याच एपीएफका विपिन खत्री घोषित भए । पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो ।
बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।

टिप्पणी लेख्नुहोस्