लेख विवरण

ऋचा मेमोरियल टी–२० क्रिकेटमा एनबीएससी र पुलिसको दोस्रो जित

ऋचा मेमोरियल टी–२० क्रिकेटमा एनबीएससी र पुलिसको दोस्रो जित

विराटनगर । घरेलु टोली एनबीएससी विराटनगर र विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित निकालेका छन् ।

एनबीएससीले पाहुना टोली दिल्ली युनाईटेडलाई ३२ रन र पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा दिल्ली र सुदुरपश्चिमको लगातार दोस्रो हार हो । अब फाइनलका लागि शनिबार नेपाल पुलिस र एनबीएससी बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ख’ बाट पुलिस र एनबीएससी बिच बिजेता हुने टोलीले समूह ‘क’ बाट यसअघि फाइनलमा पुगेको नेपाल आर्मीसँग उपाधिको लागि भिड्नेछ ।

विराटनगर जुट मिल खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा १३० रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९७ रनमा सिमित भयो । टोलीका लागि मनिष मिश्रले १७ बलमा १७ रन बनाए । शक्ति केडीले १५ बलमा १४ रनको पारी खेल्दा अंकितले १२ रन बनाए । एनबीएससीका मेहाङ्गको बलिङसामु दिल्लीका खेलाडी टिकेर खेल्न सकेनन् । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच भए । आयरले ३२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एनबीएससीले १६.३ बलमा सबै विकेट गुमाएर १२९ रनको मध्यम योगफल खडा गरेको थियो । टोलीका लागि रवि शर्माले २३ बलमा ५ चौका प्रहार गर्दै २५ रन बनाए । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २० रन बनाउदा इमरानले ७ बलमा १७ बनाए । सुमन गतराजले १८ बलमा १९ रन बनाउँद सतिश कुमारले १३ बलमा १६ रनको योगदान दिए ।

दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रदिप कुमारले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा १३० रनको विजय लक्ष्य नेपाल पुलिसले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसको जितमा दिलिप नाथले विस्फोटक ब्याटिङ गरे । उनले ३६ बलमा ८ छक्का २ चौका प्रहार गर्दै अविजित ७५ रनको अर्धशतकीय पारी खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । योगेन्द्र कार्कीले २६ बलमा ३ छक्का र ४ चौका को मद्दतमा ४८ रन बनाए । शंकर रानाले १८ बलमा ३ छक्का र ३ चौंका प्रहार गर्दै ३५ रन बनाए । अमित श्रेष्ठले १४ बलमा १४ रनको योगदान दिए ।

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो । टोलीका लागि दिपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय पारी खेले । उनले २ छक्का र ९ चौकका प्रहार गरे । उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । उनले ३ छक्का र ५ चौका प्रहार गरे । दिपक भट्टले २४ बलमा ४४ रन बनाए ।

बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । रसिद खानले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । मन्जिल श्रेष्ठले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदुरपश्चिम तथा दोस्रो पुलिस र एनबीएससीबीच हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.