लेख विवरण

एएफसी यू-२० एसिया कप छनोटमा नेपाल समुह बी मा

एएफसी यू-२० एसिया कप छनोटमा नेपाल समुह बी मा

काठमाडौं । एएफसी यू-२० एसिया कप छनोटको खेल तालिका सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको तालिका अनुसार नेपाल समुह बी मा परेको छ । उक्त समुहमा नेपालसँगै आयोजक बहराइन, बङलादेश, भुटान र कतार रहेका छन ।

क्वालालम्पुरमा सार्वजनिक भएको तालिका अनुसार नेपाल पहिलो खेल सेप्टेम्बर १० तारिखमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले कतार, तेस्रोमा बहराइन र चौथोमा बङलादेशसँग खेल्नेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ड्र निकालेको हो ।

हरेक समूहको विजेताले उज्वेकिस्तानको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू-२० एसियन कप खेल्नेछ ।

एएफसी यू-२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

 

एएफसी यू-२० एसिया कप छनोटमा नेपाल समुह बी मा

टिप्पणी लेख्नुहोस्

Please Login to comment.