लेख विवरण

एकदिवसीय क्रिकेटमा जर्सीको पहिलो जित

एकदिवसीय क्रिकेटमा जर्सीको पहिलो जित

काठमाडौंँ । आईसीसीबाट एकदिवसीय मान्यता नपाएपनि विश्वकप छनोट प्लेअफमा एकदिवसीय क्रिकेट खेल्न पाएको जर्सीले पहिलो जित निकालेको छ । विश्वकप छनोट प्लेअफको ९ औं खेलमा जर्सीले पपुवा न्युगिनीलाई ११ रनले पराजित गरेको हो ।

विन्डहोकमा टस जितेर ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाएर २ सय ९१ रन बनायो । टोलीका लागि आसा ट्रिवले अविजित ११५ रनको सतकिय पारी खेले । १ सय ४ बलको समाना गरेका उनले ८ चौंका र २ छक्का प्रहार गरे । जोश लरेन्सनले पनि जर्सीको लागि १ सय १४ रनको सतकिय पारी खेले । १ सय ५ बलको सामना गरेका उनले ११ चौंका र २ छक्का प्रहार गरे । ओपनर ह्यारिसन कार्लियोन २६ र निक ग्रीनवुडले १४ रनको योगदान दिए । पिएनजीका लागि सेमो कमिया र चाड सोपरले समान २-२ विकेट लिए ।

जर्सीले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीको टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८० रन मात्र बनायो । टोलीका लागि कप्तान असद वालाले सर्वाधिक ७५ रन बनाए । रिले हेकुरे (५८), चार्ल्स अमिनी (५४), टोनी उरा (२९), सेसे बाउ (२६) र चाड सोपर (१३) रन बनाएर आउट भए । जर्सीका लागि बलिङमा जुलियस सुमेराउर, इलियट माइल्स, चार्ल्स पर्चार्ड र ह्यारिसन कार्लियोनले समान २-२ विकेट लिए ।

जितसँगै ३ खेलमा १ जित निकालेको जर्सीले अंक तालिकामा २ अंक जोड्दै ५ औं स्थानमा रहन सफल भएको छ । पिएनजीका अंक बिहिन रहदै तालिकाको अन्तिम स्थानमा रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.