एकदिवसीय क्रिकेटमा सन्दीपको विश्व किर्तिमान
काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा विश्व किर्तिमान बनाएका छन । उनी एकदिवसीय क्रिकेटमा छिटो १०० विकेट लिने पहिलो खेलाडी बनेका छन ।
सन्दीपले ४२ औं एकदिवसीय खेलमा यो किर्तिमान बनाएका छन । यसअघि यो किर्तिमान अफगानिस्तानका रशिद खानको नाममा रहेको थियो । रशिदले ४४ खेलमा १०० विकेट लिएका थिए ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा ओमान विरुद्धको खेलमा पहिलो विकेट लिदै सन्दीपले यो किर्तिमान बनाएका हुन । उनले ओमानका शफिकलाई आउट गर्दै आफ्नो १०० विकेट पुरा गरेका छन ।
यसअघि सन्दपको नाममा एकै इनिङ्समा उत्कृष्ट बलिङ फिगरको किर्तिमान पनि रहेको छ । यो किर्तिमान बनाउने उनी विश्वकै १५ औं र नेपालको पहिलो खेलाडी बनेका थिए । उनले सन् २०२१ मा पपुवा न्युगिनी विरुद्ध ५ ओभर १ बलमा ११ रन खर्चदै ६ विकेट लिएर यो किर्तिमान बनाएका थिए ।
जारी खेलमा नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । टोलीका लागि कुशल मल्ले सर्वाधिक १ सय ८ रन बनाए । सतक प्रहार गरेका मल्लले ६४ बलमा ९ चौंका र १० छक्का प्रहार गरे ।
टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो रहेन । टोलीले निर्धारित ५० ओभरमा विकेट ८ गुमाउदै ३ सय १० रन बनायो । । नेपालले खेलको सुरुवातमै २ विकेट गुमायो । ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा एलबिडब्लुको शिकार भए । उनलाई बिलाल खानले आउट बनाए । अर्का ओपनर आशिफ शेख पनि ० रनमा कलीमुल्लाहको बलमा बोल्ड भए ।
त्यसपछि ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले इनिङसलाई माथि उकास्ने प्रयास गरे । तर उनीपनि २३ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए । रोहित आउट हुँदा नेपालको स्कोर ५४ रनमा ३ विकेट रहेको थियो । रोहित पछि भिम सार्कि पनि २० औ ओभरमा स्टम्पिङ हुन पुगे । उनी ३३ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका आरिफ शेख र कुशल मल्लले नेपालका लागि ७५ रनको साझेदारी गरे । आरिफ ३१ औं ओभरमा जतिन्द्र सिंहको पहिलो ओभरमै क्याच हुन पुगे । उनी २९ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका पुर्व कप्तान दिपेन्द्र सिंह ऐरि आजको खेलमा जम्न सकेनन । उनी ७ रन बनाएर आउट भए । दिपेन्द्रपछि एकदिवसीय क्रिकेट करियरमा पहिलो सतक बनाएका कुशल मल्ल १ सय ८ रन बनाएर आउट भए । उनले ६४ बलमा ९ चौंका र १० छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका अल राउनन्डर सोमपाल कामीले करण केसीसँग २८ बलमा ५० रनको साझेदारी गरे । सोमपालले अर्धसतक बनाउदै ६३ रनको अविजित पारी खेले । ४८ बलको सामना गर्ने क्रममा उनले ९ चौंका प्रहार गरे । करण केसी पनि १८ बलमा २९ रन बनाउदै अविजित रहे । उनले २१ चौंका र १ छक्का प्रहार गरे ।
ओमानको लागि बलिङमा अयान खानले २ विकेट लिए । बिलाल खान, कलीमुल्लाह, जिशान मकसूद, फय्याज बट, अकिब इलियास र जतिन्द्र सिंहले समान १–१ विकेट लिए ।
३११ रनको लक्ष्य पाएको ओमानले अहिले ब्याटिङ गर्दैछ ।

टिप्पणी लेख्नुहोस्