एकदिवसीय वरियतामा नेपाल यथावत
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ ।
आईसीसीले शुक्रबार सार्वजनीक गरेको नयाँ वरियता अनुसार नेपाल एकदिवसीयतर्फ १४ औं स्थानमा रहेको छ । यसअघि समेत नेपाल सोही स्थानमा रहेको थियो । ३३ रेटिङ पाएको नेपाल सन् २०१९ मे महिनामा पनि १४ औं स्थानमा रहेको थियो ।
एक दिवसीयतर्फ नेपाल सर्वाधिक उच्च वरियता १४ औ स्थान हो । एक दिवसीयमा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रोमा अस्ट्रेलिया, तेस्रोमा भारत, चौथोमा इङल्याण्ड र पाँचौ स्थानमा न्युजिल्याण्ड रहेको छ । यस्तै, टी–ट्वान्टी वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्