लेख विवरण

एकदिवसीय विश्वकप छनोटका लागि आयरल्याण्डको टोली घोषणा

एकदिवसीय विश्वकप छनोटका लागि आयरल्याण्डको टोली घोषणा

काठमाडौंँ । क्रिकेट आयरल्याण्डले अर्को महिना जिम्बाब्वेमा आयोजना हुने आइसिसी विश्वकप छनोट प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व तीव्र गतिका बलर एन्ड्रयु बालबर्नी गर्नेछन्।

जुन १८ देखि सुरु हुने प्रतियोगितामा नेपाल, वेस्ट इन्डिज र श्रीलङ्कासहित १० टोलीले दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयरल्यान्डको टोलीमा मार्क एडेयर, जोस लिटिल, क्रेग यङ, ब्यारी म्याकार्थी, ग्राहम ह्युम र कर्टिस क्याम्फरजस्ता तीव्र गतिका बलरहरु छन् । टोलीमा बेन ह्वाइट पनि रहेका छन्, जसले हालै बंगलादेश बिरुद्धको टेस्टमा डेब्यू गरेका थिए। सन् २०१९ को सुरुमा जिम्बाब्वेविरुद्धको शृंखला खेलेका स्टिफन डोहेनीले टोलीमा स्थान बनाउन सकेनन् ।

आईसीसी एकदिवसीय विश्वकप छनोट जुन १८ देखी ९ जुलाई सम्म जिम्बाब्बेमा हुँदैछ । प्रतियोगितामा नेपाल सहित आयोजक जिम्बाब्बे, वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईले सहभागिता जनाउदै छन् । प्रतियोगिताको शिर्ष २ मा रहने टोलीले भारतमा हुने विश्वकपमा सहभागिता जनाउने छ ।

आयरल्याण्डको टोली : एन्ड्रयु बालबर्नी (कप्तान), मार्क एडेयर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्युम, जोश लिटल, एन्डी म्याकब्राइन, ब्यारी म्याककार्थी, पीजे मूर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट र क्रेग योङ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.