एकदिवसीय विश्वकप छनोटका लागि स्कटल्यान्डको टोली घोषणा
काठमाडौंँ । क्रिकेट स्कटल्यान्डले अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ ।
फेब्रुअरीमा आईसीसी विश्वकप लिग–२ को ट्रफी उचालेको स्कटल्यान्डले टोलीमा दुई परिवर्तन गरेका छ। लियाम नेलर र सन्यास लिएका काइल कोएट्जरको स्थानमा तिव्र गतिका बलर अलासडेयर इभान्स र एड्रियन निल टोलीमा फर्किएका छन्।
आईसीसी एकदिवसीय विश्वकप छनोट जुन १८ देखी ९ जुलाई सम्म जिम्बाब्बेमा हुँदैछ । प्रतियोगितामा नेपाल सहित आयोजक जिम्बाब्बे, वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएई रहेका छन् । प्रतियोगिताको शिर्ष २ मा पुग्ने टोलीले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छ ।
विश्वकप छनोटका लागि स्कटल्यान्डको टोली : रिची बेरिङ्गटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रीब्स, ज्याक जार्विस, माइकल लीस्क, टोम मेकिन्टोश, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलेन, जर्ज मुन्से, एड्रियन नील, सफयान शरीफ, क्रिस सोले, हम्जा ताहिर र मार्क वाट ।

टिप्पणी लेख्नुहोस्