लेख विवरण

एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई हरायो

एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई हरायो

काठमाडौंँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार (आज) अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपाललले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । टोलीका लागि भिम सार्किले ७७ रनको अविजित पारी खेले । अर्धसतक बनाएका भिमले १ सय १४ बलको समान गर्दै ७ चौंका र १ छक्का प्रहार गरे । अलराउन्डर दिपेन्द्र सिह ऐरिले पनि भिमसँगै ३९ रनको अविजित पारी खेले । बलिङमा उनले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए । कप्तान रोहित पौडेल (१६), कुशल मल्ल (१३) र आशिफ शेखले (१२) रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । टोलीका लागि सायन जहाँगिरले १ सय रन बनाएर नटआउट रहे। ७९ बलमा सतक पूरा गरेका उनले १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै सुशान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रनको योगदान दिए। अमेरिकाका अरू ब्याट्सम्यान दोहरो अंकमा रन बनाउन सकेनन्।

नेपालका तर्फबाट खेलको प्लेयर अफ द म्याच बनेका करण केसीले ४ विकेट लिए। त्यस्तै गुलशन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए।

समूह चरणको पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाली टोली अमेरिकाविरूद्धको यो खेल जित्नैपर्ने दबाबमा थियो।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल गत आइतबार जिम्बावेसँग पराजित भएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.