लेख विवरण

एकदिवसीय विश्वकप छनोट : श्रीलंकाले युएईलाई पराजित गर्दा, ओमानले टेस्ट राष्ट्र आयरल्याण्डलाई हरायो

एकदिवसीय विश्वकप छनोट : श्रीलंकाले युएईलाई पराजित गर्दा, ओमानले टेस्ट राष्ट्र आयरल्याण्डलाई हरायो

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा श्रीलंकाले युएईलाई १ सय ७५ तथा ओमानले आयरल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

बुलावायो मैदानमा भएको समुह बी को खेलमा ३ सय ५६ रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा अलआउट हुँदै १ सय ८० रनमा रोकियो । युएईलाई रोक्ने क्रममा खेलको प्येयर अफ द म्याच बनेका श्रीलंकाका वानिन्दु हसरंगाले ६ विकेट लिए । उनले ८ ओभरमा १ मेडन सहित २४ रन खर्चे । लाहिरु कुमारा, महेश थेक्षाना र धनन्जय डी सिल्भाले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५५ रन बनाएको थियो । टोलीका लागि विकेट किपर कुशल मेन्डीसले सर्वाधिक ७८ रन बनाए । सदीरा समरविक्रमाले पनि ७३ रनको योगदान दिए । ओपनरद्धय पथुम निसानका (५७) र दिमुथ करुणारत्नेले (५२) रन बनाए । चरित असालान्का (४८) र वानिन्दु हसरंगा (२३) रनमा अविजित रहे ।

जितसंगै १ खेलमा २ अंकसहित श्रीलंका तालिकाको पहिलो स्थानमा रहेको छ । समान अंक रहेको ओमान तालिकाको दोस्रो स्थानमा छ ।

बुलावायोमा आजै भएको दोस्रो खेलमा ओमानले टेस्ट राष्ट्र आयरल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । आयरल्याण्डले दिएको २ सय ८२ रनको लक्ष्य ओमान ४८ ओभर १ बलमा ५ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा ओपनर कश्यप प्रजापतिले सर्वाधिक ७२ रनको योगदान दिए । कप्तान जिशान मकसूद (५९), अकिब इलियास (५२) र अयान खानले (२१) रन बनाए । मोहम्मद नदीम (४६) र शोएब खान (१९) रनमा अविजित रहे । आयरल्याण्का लागि जोश लिटिल र मार्क एडेयरले समान २-२ विकेट लिए । जर्ज डकरेलले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएमो थियो । टोलीका लागि जर्ज डकरेलले अविजित ९१ रन बनाएका थिए । ओमानका लागि बिलाल खान र फय्याज बटले समान २-२ विकेट लिए । जिशान मकसूद, अयान खान र जय ओडेद्राले समान १-१ विकेट लिए ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.